ज्ञान न्यौपाने, काठमाडौं, चैत २५ - दशकौं लामो इतिहास बोकेको साझा बस आउँदो शनिबारदेखि काठमाडौं र ललितपुरका केही भागमा गुड्ने भएको छ। बन्द भएको झन्डै १२ वर्षपछि साझा सञ्चालन हुन लागेको हो। अत्याधुनिक १६ वटा बस साझा कार्यालय हरिहरभवन, ललितपुरमा ल्याइसकिएको छ। दैनिक बिहान पाँच बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गर्ने साझाले जनाएको छ।
'लामो समयको तयारीपछि हामीले ३१ गते शनिवार उद्घाटन गर्ने भएका छौं,' साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले भने, 'बसहरु अहिले सबै हामीसँग आएका छन्।' उनका अनुसार बसको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्यसचिव लिलामणी पौडेलले गर्नेछन्। साझाले सुरुको दिन उद्घाटन पछि र वैशाख एक देखि उल्लेखित समयमै बस सञ्चालन हुने जनाएको छ।
साझा बसले अहिलेका सवारीले भन्दा स्तरिय सेवा दिने लक्ष्यसहित सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ। साझाका अनुसार जम्मा बसमा ६० जना चालक र सहचालकहरु छानिएको छ। साझाले महिला जनशक्तिलाई भएसम्म अवसर दिने भनेकाले ६ जना महिला सहचालकको पनि नियुक्ती गरिसकिएको पाण्डेले जानकारी दिए।
'हामीले यो क्षेत्रमा पछि परेका महिलालाई पनि समेट्ने प्रयास गरेका थियौं,' पाण्डेले भने, 'चालक पनि खोजेका थियौं तर कोही आउनुभएन त्यसैले सहचालकको रुपमा भएपनि ल्याएका छौं।' साझाले महिलाको आवदन कम आएपछि महिलालाई ल्याउँन पुन सूचना जारी समेत गरेको थियो।
पाण्डेले शनिवार उद्घाटन हुने र वैशाख एक गतेदेखि नियमित रुपमा दुइ रुटमा सवारी चल्ने बताए। उनका अनुसार कलङकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुदै एयरपोट र सातदोवाटो, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङअस्पताल, महाराजगन्ज हुदै नयाँ बसपार्क (गोंगबु) दुइ रुट अहिले स्वीकृत भैसकेका छन्। साझाले गरेको प्रस्ताप भन्दा महाराजगन्ज बाट नयाँ बसपार्कसम्मको दुरी नयाँ थपिएको उनले बताए। 'महाराजगन्जबाट घुम्न नमिल्ने र नयाँ बसपार्कसम्म पुगेपनि धेरै यात्रुले सेवा पाउने भनेपछि थपिएको हो,' उनले भने।
साझाले अहिले कागजी टिकटको रुपमा सेवा दिन थालेको निकट भविष्यमा 'मोवाइल पे सिष्टम' र विद्युतिय टिकटको पनि सोधखोज गरिरहेको पाण्डेले जानकारी दिए। सबेरैदेखि रातीसम्म सवारी गुडाउने भनेको साझाले सिसिक्यमेराका अतिरिक्त सुरक्षाका लागि प्रहरीसँग छलफल गरिरहेको समेत उनले जानकारी दिए।
'अहिले हामीले कार्यालयमा बसको अन्तिम चेक जाँच गरिरहेका छौं,' पाण्डेले भने, 'अब हामी तोकिएको दिनमै बसको उद्घाटन गर्ने भएका छौं।' भारतिय टाटा कम्पनीका सवारी नेपालको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले साझालाई दुइ दिन अघि नै बुझाएको उनले बताए।
दुइ रुटमा आठ/आठ वटा बस गुडाउने साझाले योजना बनाएको छ। ५१ वर्षअघि सरकारले स्थापना गरेको साझा बस ०५८ सालमा विघठन भएको थियो। ०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित साझका ५४ सिटे 'यूरो तीन' मापदण्डका बस सञ्चालनमा आउनेछन्।
उनका अनुसार नेपाल सरकारले व्यवस्था गरेको साधारण भाडामै सर्वसाधरणले यात्रा गर्न पाउनेछन्। बसमा दुइवटा सिसिटीभि क्यामेरा र दुइवटै मनोरञ्जन तथा सूचनाका लागि टिभी स्त्रि्कन फिटिङ पनि सकिनै लागेको पाण्डेले जानकारी दिए।
साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ। साझाका अनुसार सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका छन्। साथै १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ। दुबै ढोका चालकले नियन्त्रण गर्न सक्नेछन्।

No comments:
Post a Comment